फोटो बिगारेर सामाजिक सञ्जालमा राखे अब जेल सजाय – 2017 Nepal CyberLaw Being Updated. 


फोटो बिगारे फेसबुक,ट्विटरमा राख्ने बानी छ ? बानी सुध्रिएन भने अब परिएला जेल ! 

AD : in nepali, Ethical Hacking + Video Editing + Photoshop Tutorial Videos in YOUTUBE here : youtube.com/studentvideotutorial

काठमाडौं,फागुन ५ –  कुनैपनि व्यक्तिको फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने विकृतले उग्ररुप लिन थालेपछि यसबारे नियन्त्रण सुरु भएको छ ।  सामाजिक सञ्जालहरुमा विभिन्न नेताहरुको तथा सेलिब्रेटीहरुको फोटो जोड्ने र विकृत बनाउने गतिविधि बढेकाले अग्रसर हुँदै सजायको व्यवस्था गरिएको हो । कुनै चर्चित व्यक्तिको मानहानी हुनेगरि जथाभावी फोटो बिगारेर सामाजिक सञ्जालमा भाईरल बनाएर आफ्नो पेजहरु चलाउने प्रवृती बढेपछि  अग्रसर भएको छ ।
अब यसो गरेको पाईएमा जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था नभए पछि सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका हुन्।
विधायन समितिअन्तर्गतको उपसमितिले फोटोलाई विकृत रुप बनाउनेलाई दुई वर्षसम्म कैद तथा २० हजारसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा २९५ को ३ मा भनिएको छ- ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न हुँदैन।’ सामाजिक सञ्जालमा नेताहरुको टाउको जनावरसँग जोडेको तथा बालबालिकासँग जोडिएका फोटो भाइरल हुने गरेका छन्। 
Src : recentnepal dot com

SecureDrop – An open-source whistleblower submission system


SecureDrop – An open-source whistleblower submission system – https://securedrop.org/

Getting Started with Deep Learning: A Review of Available Tools


Getting Started with Deep Learning: A Review of Available Tools – http://www.svds.com/getting-started-deep-learning/

The most cited deep learning papers


The most cited deep learning papers – https://github.com/terryum/awesome-deep-learning-papers