एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ – Russian Hacker named “Vosil Alex Sosnov” arrested in Kathmandu Nepal


एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ

काठमाडौँ, २१ चैत

काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित ईन्भेष्टमेन्ट बैंकका एटीएम बुथ बाट एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा Russian  नागरिक ३२ बर्षीय Vosil Alex Sosnov  लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट एटीएम कार्ड ५४ थान,-Pro Invent 9325  लेखिएको कार्ड एटीएम बुथमा अड्किएको अवस्थामा भेटिएको), १ हजार दरका नोट १ सय ३४ थान, ५ सय दरका नोट २७ थान, १ सय दरका ४ थान, ५० दरका नोट ९ थान गरी १ लाख ४८ हजार ३ सय ५० रुपैयाँ र मोवाइल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Src ; Nepal Police