​4 more ATM Hackers arrested – Kathmandu, Nepal. ATM Card बाट अनाधिकृत रुपमा रकम भुक्तानी लिने विदेशी नागरिकहरु ४९५ थान ATM Card सहित पक्राउ


Src : Nepal Police. (Also featured image from same page of Nepal Police)

घटनाको छोटकरी विवरण: विशेषगरी काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल तथा दरबारमार्गमा पूर्वी युरोपेली राष्ट्रका नागरिकहरु नेपालका विभिन्न बैंकका ए.टि.एम. बाट अबैध रुपमा रकम भुक्तानी गरी सो रकम अमेरिकी डलर तथा युरोमा सटही गरी रकमै सहित नेपालबाट बाहिरिन सक्ने भन्ने विश्वस्त सूत्रबाट सुूचना प्राप्त हुन आएकोले त्यस्ता मानिसहरुको निगरानी राखिंदै आएकोमा नेपाल ईन्भेष्टमेण्ट बैंकबाट विदेशी जस्ता देखिने त्यस्ता मानिसहरुको हुलिया सहितको सि.सि.टि.भी. फुटेज समेत केन्द्रीय अनुसन्धान ब्यूरोमा प्राप्त हुन आएकाले शंकास्पद मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७३/१२/२० गते ग्लोबल आई.एम.ई. बैंक, कान्तिपथ शाखाको ए.टि.एम. बाट नीलो टिसर्ट, मास्क लगाएको, अगाडि भिर्ने झोला बोकेको विदेशी नागरिक बाहिरिदै ठमेल संचयकोष, नरसिंहचोक हुँदै का.जि.का.म.न.पा. वडा नं. १७, क्वाबहाल, ठमेल स्थित होटल नेपालय भित्र पसेको देखिएकाले निजलाई पछ्याउँदै निजको बारेमा सो होटलको रिसेप्सनमा गई बुझ्दा रोमानिया समेतको राहदानीधारी निज मोल्दोभियन नागरिक ३२ बर्षीय Iurie Dermenji Pa र सोही होटलमा भित्र पस्दै गरेका अन्य ३ जना मोल्दोभियन नागरिकहरुलाई पक्राउ गरी निजहरु बसोबास गरेको सो होटलको कोठा नं. ३०७ र ४०७ मा खानतलासी गर्दा नेपाली रु. ७,८१,३५० तथा अमेरिकी डलर १,६०५ र युरो २,२४५, विभिन्न ए.टि.एम. कार्डहरु थान ४९५, Card Skimming Device थान-१, ल्यापटप थान-१, ए.टि.एम. बाट रकम निकाल्ने क्रममा खिचिएको सि.सि.टि.भी. फुटेजमा देखिएका टिसर्ट, सर्ट, मास्क, झोला समेत बरामद गरी मोल्दोभाका तपशीलका चारैजना मोल्दोभियन नागरिकहरुलाई कानून बमोजिम पक्राउ गरी बैंकिङ कसूर तथा सजाय ऐन अन्तर्गत अनुसन्धान कार्य भैरहेको ।

पक्राउ परेका मानिसहरु:

१. NICU DEORDIJA PA, AGE-25, PP NO. AA1018367 (MOLDOVA) तथा PP NO. 054334946 (ROMANIA)

२. ALEX भन्ने VASILE FETESCU PA, AGE- 34, PP NO. AA1113676 (MOLDOVA)

३. IURIE DERMENJI PA, AGE- 32, PP NO. B0880204 (MOLDOVA) तथा PP NO. 051707415 (ROMANIA)

४. EUGENIU DEORIJA PA, AGE- 36, PP NO. AA1112951 (MOLDOVA) तथा PP NO. 053173673 (ROMANIA)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s