Tag Archives: nepal police

माननीय गृह मन्त्री शर्माबाट इन्टरनेट बिनाको इमेल प्रविधिको उद्घाटन


काठमाडौं, १ साउन
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data) को समेत उद्घाटन गर्नुभयो ।
रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै H.F. Radio Data प्रविधि हो । यो Military Standard को प्रविधिलाई Software Defined प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई Internet Server सँग जडान गरिने हो भने Internet Browse गर्न सकिन्छ । त्यसै गरी Email Server मा जडान गरिने हो भने व्यक्तिगत Email Address मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ ।

Full news & src : Nepal police FB official page

20106294_1611693142237411_422274705040899934_n img and news src : https://www.facebook.com/NepalPolicePHQ/posts/1611694158903976

​अबैध अन्तर्राष्ट्रिय कल बाईबास गर्ने पक्राउ


काठमाडौं, ७ बैशाख
    गोकर्णेश्वर नगरपालिका–५ स्थित श्रीराम पौडेलको घरमा अवैध रुपमा भीओआइपी संचालन गरिरहेको अवस्थामा बारा निजगढ नगरपालिका–५ सडकटोलकी २४ वर्षीया अनुपा खतिवडालाई विभिन्न उपकरणसहित केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको छ ।

    उक्त ठाउँबाट ६४ पोर्टको जिएसएम गेटवए डीभाइस १ थान, टिपी लिंकको राउटर १ थान, एचपी कम्पनीको ल्यापटप १ थान, कलर्स मोबाईल १ थान, ८ जिबीको पेनड्राइभ १ थान र सोनी एक्सपेरा मोवाइल १ थान बरामद भएको छ ।

    पक्राउ परेकी खतिवडा उपर दूर संचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई अनुसन्धान कार्य भइरहेको छ ।

Src ; Nepal Police. 

%d bloggers like this: